मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १७ शुक्रबार १०:२४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

इलाम साहित्य महोत्सव चैत २६ मा

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १०:२४:००

‘इलाम साहित्य महोत्सव –२०७९’ २६ र २७ चैतमा हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नारासहित महोत्सव गर्न लागिएको इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । 

महोत्सवमा तीर्थ श्रेष्ठ, कुमार नगरकोटी, भूपिन, लीला अनमोल, डा. ज्ञानेन्द्र याक्सो, धर्मेन्द्र नेम्वाङ , राजन मुकारुङ, कृष्ण शाह, उपेन्द्र सुब्बा, वसन्त बस्नेत, शकुन्तला जोशी, मधुराज केरुङलगायत देशभित्रका चर्चित साहित्यकारसँगै छिमेकी देश भारतबाट वन्दना टेटे, अश्विनी पंकज, राजा पुनियानीलगायत साहित्यकार सहभागी हुनेछन् ।

महोत्सवमा अर्थशास्त्री विश्व पौडेल कि–नोट स्पिकरका रूपमा सहभागी हुँदै छन् । साहित्यसँगसँगै राजनीतिबारे पनि विमर्श हुने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले जानकारी दिए । राजनीतिक विमर्शमा गुरुराज घिमिरे, घनश्याम भुसाल र प्रदीप ज्ञवाली सहभागी हुने राईले बताए ।