१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ चैत १६ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचनाको हक राष्ट्रिय पुरस्कारबाट काशीराज दाहाल पुरस्कृत 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १७:२६:oo

नेपाल पत्रकार महासंघ मोरङले प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनfको हक राष्ट्रिय पुरस्कारबाट सञ्चार कानुनविज्ञ काशीराज दाहाल पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघको ६८औँ स्थापना दिवसको अवसरमा मोरङ शाखाले बिहीबार एक कार्यक्रमबीच दाहाललाई नगद ५१ हजारसहित पुरस्कृत गरेको हो। कानुन, प्रशासन र न्याय क्षेत्रलगायतका विज्ञ रहेका दहाललाई कोसी प्रदेश प्रमुख परशुराम खापुङ, विराटनगर महानगरका मेयर नागेश कोइराला र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रबहादुर गुरुङले दोसल्ला ओढाउँदै नगद र प्रमाणपत्र प्रदान गरेका थिए। दाहाल नेपालमा सूचनाको हकसम्बन्धी कानुन र नियमावली निर्माण गर्ने टोलीका संयोजकसमेत हुन्।

यसैगरी, सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट विराटनगरका पत्रकार हरि अधिकारी पुरस्कृत भए। उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरे। महासंघ मोरङ शाखाले कोष स्थापना गरेर हरेक वर्ष प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको हक पुरस्कार विराटनगरका समाजसेवी केदार बस्नेतले स्थापना गरेका हुन्।