मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काबुल
२०७९ चैत १६ बिहीबार १५:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

थप चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए

Read Time : < 1 मिनेट
रासस, काबुल
२०७९ चैत १६ बिहीबार १५:२१:००

इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी  राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्ला ६ महिनामा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् ।  अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान  र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले  आश्रय लिँदै आएका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह गर्दै आएको छ ।