Skip This
अर्थले तय गर्‍याे बजेट कार्यतालिका, १ जेठमा मस्यौदा तयार पार्ने (तालिकासहित)
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:५२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अर्थले तय गर्‍याे बजेट कार्यतालिका, १ जेठमा मस्यौदा तयार पार्ने (तालिकासहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५२:oo

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्यतालिका तय गरेको छ। मन्त्रालयले समयसीमासहितको कार्यतालिका तय गरेको हो।

तालिकाअनुसार जेठ १ गतेसम्ममा बजेट वक्तव्यको मस्यौदा तयार गर्ने उल्लेख छ। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले वैशाख २० गते सार्वजनिक संस्थानहरूको प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउनेछ। 

बजेट वक्तव्य मस्यौदालेखन समितिले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको मस्यौदा वैशाख २१ गतेभित्र तयार पार्नेछ। आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिई छपाइका लागि वैशाख ३० गते पठाउने कार्यतालिकामा उल्लेख छ।

यस्तो छ तालिका :

  • चैत १५ देखि वैशाख १० गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल
  • चैत २१ गतेदेखि राजस्व परामर्श समितिबाट प्राप्त सुझावमाथि निकायगत छलफल गरी प्रतिवेदन
  • चैत २४ गतेसम्ममा एलएमबिआईएसमा विषयगत मन्त्रालयमर्फत बजेट प्रस्ताव गर्ने
  • चैत २६ देखि वैशाख २० गतेसम्म मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकमा छलफल
  • चैत २६ देखि वैशाख २५ सम्म सरोकारवालासँग बजेट सुझाव संकलन 
  • वैशाख २० गते सार्वजनिक संस्थानहरूको प्रगति विवरण (पहेलो किताब) छपाइका लागि प्रेसमा पठाउने 
  • वैशाख २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकताको मस्यौदा तयार 
  • वैशाख २५ गते विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकता संसद्का दुवै सदनमा पेस गर्ने
  • वैशाख ३० गते आर्थिक सर्वेक्षण छपाइ
  • जेठ १ गते बजेट वक्तव्यको मस्यौदा तयार
  • जेठ ५ गते राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस
  • जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ
  • जेठ १० गते व्ययअनुमान र खर्चको शीर्षकगत अनुमानको अन्तिम मस्यौदा तयार
  • जेठ १२ गते व्ययअनुमान र खर्चको शीर्षकगत अनुमानको किताब छपाइ
  • जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने
  • जेठ १४ गते योजना आयोग र मन्त्रिपरिषदमा ब्रिफिङ
  • जेठ १४ गते सबै बजेटसम्बन्धी विधेयक छपाइका लागि प्रेसमा पठाउने
  • जेठ १४ गते आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयगत प्रगति विवरण संसदमा पेस
  • जेठ १५ गते संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुति