
तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । पार्टीको कार्यसम्पादन बैठकपछि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दैै उनले अन्य उम्मेदवारको जित्ने सम्भावना नरहेको बताएका हुन् ।
‘धेरै दल, धेरै उम्मेदवार हुनु मतदातालाई राम्रो जनप्रतिनिधि छान्ने अवसर हो,’ उनले भने, ‘तर, अरू उम्मेदवारले जित्ने सम्भावना देख्दिनँ ।’ बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा भट्टराईलाई तनहुँ १ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रपति बनेका रामचन्द्र पौडेल भारी मतले जितेका र अहिले गठबन्धनको साथ रहेकाले आफ्नो जित सुनिश्चित भएको उनको तर्क छ ।