१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ६ आइतबार १o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पुँजीबजारमा सुनौला दिन आउँदै छन्, संयमता अपनाउनुहाेला : रमेश हमाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:२३:oo

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सबैतिरबाट पुँजीबजारमा चाप परेकाले तत्कालका लागि संयमता अपनाउन लगानीकर्तालाई आग्रह गरेका छन् । बुधबार काठमाडौंमा पुँजीबजार लगानीकर्ता संघहरूले आयोजना गरेको ‘समृद्ध नेपालको आधार : पुँजीबजार सुधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पुँजीबजारको दिगो विकास र विस्तारका लागि धेरै काम भइरहेको भन्दै उनले पुँजीबजारमा सुनौलो दिन आउने बताए । पुँजीबजार विभिन्न कारणले चापमा परेकाले यस्तो अवस्थामा लगानीकर्ताहरू निराशा नभएर संयमता अपनाउन उनले आग्रह गरे।

पुँजीबजार अहिले लगानीकर्ता निराश हुने गरी घट्ने अनुमान नगरिएको उनको भनाइ छ । उनले विश्व अर्थतन्त्रमा देखिएको संकटका कारण बजारमा बैंकिङ तरलता अभावलगायतको कारण पुँजीबजारमा पनि प्रभाव परेको बताए। 

अर्थतन्त्रमा चाप परेकाले पुँजी बजारमा पनि त्यसको प्रभाव परेको उनको भनाइ थियो । सरकारको पुँजीगत खर्च वृद्धि गर्न नसक्दा बजारमा तरलता अभाव भएको उनले बताए ।

उनले भने, ‘अब पुँजी बजारका लागि सुनौलो दिन आउँछन् । सरकारले बजार सुधारका थुप्रै काम गरेको छ । लगानीकर्ताले अहिले संयमता अपनाउनुपर्छ । बजार यसरी घट्छ भन्ने लागेकै थिएन, विश्वको प्रभाव आयो । अब बजारको सुनौलो दिन आउँदै छन्, अहिले संयमता अपनाउनुहोला । अहिले आत्तिनु भएन, राम्रो दिन आउँदै छन् ।’

अध्यक्ष हमालले अब पुँजीबजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नसक्ने बताए । उनले बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारबाही गर्न थालिएको बताए । सेयरबजारको सुधार र स्थायित्व ल्याउन आफू लगानीकर्ताको पक्षमा रहेको उनको भनाइ थियो।
 

ad
ad