Skip This
सामाजिक सञ्जालबाट नहच्किन टेलिभिजनलाई अध्यक्ष ओलीकाे सुझाव 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Tuesday, 11 August, 2026
२o७९ चैत १५ बुधबार १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालबाट नहच्किन टेलिभिजनलाई अध्यक्ष ओलीकाे सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार १५:३५:oo

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमहरूलाई युटुब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन्। 

अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यामहरू नै भएकाले युटुब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको बताए। 

बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्कसमेत गरे। 

नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न सञ्चारमाध्यमलाई सुझाव दिँदै ओलीले विश्वमा सञ्चारका नयाँनयाँ प्रविधिको प्रयोग बढाउन टेलिभिजनलाई आग्रह गरे। ओलीले ०४६ सालको परिवर्तनपछि नेपालका सञ्चारमाध्यमहरूको विकासले गति लिएको पनि स्मरण गराए।