
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा अहिले जारी खेलको पहिलो हाफमा भुटानले नेपालविरुद्ध अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलमा तेन्जिङ नोर्गुले भुटानलाई १–० गोलको अग्रता दिलाएका हुन्।
फाइनलमा स्थान पक्का गर्न नेपालले भुटानलाई बराबरीमा रोक्दा नै काफी हुनेछ। भुटानले भने अन्तिम दुई स्थान सुरक्षित गर्न नेपाललाई हराउनै पर्नेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो। लाओसले आफ्नो अर्को खेलमा भुटानलाई अन्तिम समयमा २–१ ले निराश बनाएको थियो।
शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपालले एक खेलबाट तीन र लाओसले दुई खेलबाट तीन अंक बटुलेको छ।