Skip This
पहिचानवादी र प्रहरीबीच झडप
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिचानवादी र प्रहरीबीच झडप

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

कोसी नामकरणको विरोधमा पहिचानवादीले विराटनगरमा प्रदर्शन गरेका छन्।

विराटनगरको बिग होटेलमा कोसी प्रदेशको संसद् सचिवालयले आयोजना गरेको तालिममा सहभागी सांसदलाई घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाक्लो संख्यामा उपस्थित प्रहरीले रोकेर राखेका छन्। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र पानीकाे फाेहाेरा प्रहार गरेकाे छ। 

साथै प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। साथै उनीहरूले उर्लाबारी नगरपालिका– ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिटसमेत गरेका छन्। 

पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ। उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन्। 

आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारीले उनलाई सहिद घोषणा गर्न माग गरेका छन्।