मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १४ मंगलबार १२:२१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इयू हतियार कोषबाट पोल्यान्डले ३० करोड युरो प्राप्त गर्ने

Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार १२:२१:००

युरोपेली संघ (इयू)को हतियार कोषबाट पोल्यान्डले ३० करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्यान्डलाई शोधभर्नास्वरूप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।

संघको हतियार कोषबाट देशलाई ३० करोड युरो क्षतिपूर्तिस्वरूप प्राप्त हुने पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

पोल्यान्ण्डडले युक्रेनलाई सोभियत युगका टी–७२ ट्यांकका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चारवटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

हालसम्म संघमा आबद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलब्ध गराएका छैनन् ।