Skip This
नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदै छन् : मन्त्री किराँती
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम विस्तार हुँदै छन् : मन्त्री किराँती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयाम विस्तार हुने क्रममा रहेको बताएका छन् । 

सोमबार ललितपुरमा आयोजित नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीच स्थल र हवाईमार्गको मात्रै सम्बन्ध नभई रेलमार्ग र जलमार्गको नयाँ आयामहरू विस्तार हुने बताए ।उनले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताए ।

मन्त्री किराँतीले नेपाल–भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचीनकालीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरूका लागि थप उत्सुक बनाउने बताए ।

मन्त्री किराँतीले नेपाल–भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलाई चलायमान गर्ने प्रयास गरेको बताए ।