१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६० हजार टन युरिया खरिदका लागि टेन्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१६:oo

कृषि सामग्री कम्पनी लिमिटेडले ६० हजार टन युरिया खरिदका लागि टेन्डर आह्वान गरेको छ । कम्पनीले २२ फागुनमा ३० हजार टन र ७ चैतमा थप ३० हजार टन युरिया खरिदका लागि टेन्डर आह्वान गरेको हो । कम्पनीले ४५ दिनको सूचना दिएर टेन्डर आह्वान गरेको हो ।

कम्पनीले आगामी असार–साउनमा हुने धानखेतीको मागलाई धान्ने गरी अहिले युरिया खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ । तर, लामो र झन्झटिलो खरिद प्रक्रियाका कारण समयमै रासायनिक मल आपूर्ति गर्न गाह्रो हुने गरेको छ ।

चालू आव ०७९/८० मा सरकारले रासायनिक मल खरिदका लागि कम्पनी र कृषि तथा पशुपक्षी विकास मन्त्रालयले माग गरेअनुसार बजेट विनियोजन र स्रोत सुनिश्चितता गरिदिएको छ । जसकारण आगामी सिजनमा किसानले माग गरेअनुसारको रासायनिक मल पाउने अपेक्षा गरेका छन् ।

ad
ad