Skip This
सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

६२औँ रंगमञ्च दिवस मनाइएको छ। सोमबार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरू गरी रंगमञ्च दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२औँ वर्ष भए पनि अझै रंगकर्मीहरूले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताए। 

साथै उनले अझैसम्म पनि रंगकर्मीहरूले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताए। 

अभिनेता खनालले सरकारले रंगकर्मीहरूलाई बेवास्ता गरेको आरोप लगाए। उनले भने, ‘हामी ६२औँ रंगमञ्च दिवस मनाइरहेका रहेछौँ, तैपनि हाम्रो स्थिति त्रिपालमुनि नै रहेछ, दयनीय नै रहेछ, श्रमिकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ।’

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरूका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन्। उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन्।