Skip This
मुक्तिनाथ विकासका चार सामाजिक कार्यक्रम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकासका चार सामाजिक कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १२:oo:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले चार ठाउँमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गरेको छ । बैंकले चैत महिनाभित्रमै चार ठाउँमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू गरेको हो ।

 बैंकले पोखरा महानगरपालिकाको ढलेपीपलमा रहेको भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैलाको अल्पकालीन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टबिन हस्तान्तरण गरेको जनाएको छ । 

त्यस्तै, ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्नेसम्बन्धी जनचेतनामूलक सन्देशमूलक बोर्डहरू हस्तान्तरण गरेको जनाइएको छ । साथै, घोराही उपमहानगरपालिकाको तेरोटे मारहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रलाई सिसिटिभी क्यामरा जडानका लागि सहयोग गरेको तथा विदुर नगरपालिकाको पीपलटारमा खानेपानीको समस्या समाधान गर्न पीपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको जनाएको छ । 

यस प्रकारका सामाजिक क्षेत्रमा गरिएको सहयोगबाट सेवा प्राप्त क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने बैंकले विश्वास व्यक्त गरेको छ ।