
समृद्धि फाइनान्सले हेटौँडा र बनेपामा वित्तीय चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । फाइनान्सको हेटौँडा शाखाले स्थानीय युवाहरूमाझ बनेपा शाखाले मिलेनियम कलेजमा विद्यार्थीमाझ युवावर्ग लक्षित वित्तीय चेतनामूलक कार्यक्रम गरेको हो ।
ग्लोबल मनी विकको सन्दर्भमा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ भन्ने नारालाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरेको जनाइएको छ । भविष्यमा थप शाखाहरूबाट नियमित रूपमा विभिन्न वर्गहरू लक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ ।
हाल आठवटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाका साथै बचत खातामा १० प्रतिशतसम्मको ब्याजदर प्रदान गरिरहेको संस्थाले जनाएको छ ।