१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
न्युरोड टिमविरुद्ध बल अगाडि बढाउँदै वीरगन्ज युनाइटेडका खेलाडी
२०७९ चैत १३ सोमबार ०७:३८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोफसल गोल्डकप फुटबल : साबिक विजेता एनआरटी अन्तिम चारमा

Read Time : < 1 मिनेट
२०७९ चैत १३ सोमबार ०७:३८:००

साबिक विजेता न्युरोड टिम (एनआरटी) १३औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आइतबार क्वार्टरफाइनलमा एनआरटीले बी डिभिजन क्लब वीरगन्ज युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । एनआरटीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरेका थिए । खेलको २९औँ मिनेटमा कृतिशरत्न चुन्जूले डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्ज युनाइटेडले खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरियो । खेलको ४८औँ मिनेटमा विवेक चौधरीले वन भर्सेस वनको अवस्थामा गोल गर्न सकेनन् । विवेकले एनआरटीको डिबक्सबाटै प्रहार गरेको बल क्रसबार हुँदै बाहिरिएको थियो । पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटीविरुद्ध वीरगन्जले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्‍यो । मध्यान्तरपछि एनआरटीविरुद्ध आक्रामक खेल खेले पनि वीरगन्जले गोल गर्न सकेन ।

खेलको ५४औँ मिनेटमा वीरगन्जले एनआरटीविरुद्ध बराबरी गोलको आकर्षक अवसर गुमायो । खेलको ७४औँ मिनेटमा वीरगन्जका नीरज थापामगरको क्रस बलमा सागर चौधरीले हेडिङ गरेको बल क्रसबारमा ठोक्किएर बाहिरियो । खेलको अन्तिम इन्जुरी समयको आठौँ मिनेटमा वीरगन्जले अर्को अवसर खेर फाल्यो ।

कृपा चौधरीले किपरसमेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । प्रतिस्पर्धात्मक खेलमा एनआरटीले पनि केही आकर्षक अवसर गुमाएको थियो । प्रतियोगिताअन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।