मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Wednesday, 02 September, 2026
२o७९ चैत १२ आइतबार १९:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

वित्तीय स्थायित्वमा जोखिम बढेको आइएमएफको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १९:५१:oo

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छिन्। 

बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै उनले युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने विश्वास व्यक्त गरिन्। 

उनले चाइना डेभलपमेन्ट फोरममा भनिन्, `सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ। अनिश्चितता असाधारण रूपमा उच्च छ। वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ।´ 

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी युबिएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनको भनाइ थियो।