१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विराटनगर भन्सारसम्म कार्गो रेलसेवा सञ्चालन गर्न व्यवसायीको माग   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o८:oo

कोसी प्रदेशका उद्योगी–व्यापारीले भन्सार जाँचचौकीसम्म चाँडै मालवाहक रेल सञ्चालन  गराइदिन भारतीय राजदूतसँग आग्रह गरेका छन् । भारतीय राजदूत नवीन श्रीवास्तवलाई विराटनगरमा स्वागत गर्दै विराटनगरको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी)सम्म मालवाहक रेल ल्याउन पहल गरिदिन उद्योगी–व्यापारीले आग्रह गरेका हुन् ।  

भारत सरकारको सहयोगमा बिहारको अररिया जिल्लास्थित बथनाहबाट विराटनगरको कटहरीसम्म मालवाहक रेल ल्याउने योजना छ । तर, नेपालतर्फको ढिलासुस्तीले योजना अधुरै छ । हाल भारतले आफ्नोतर्फ बथनाहबाट नेपालको भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी)सम्म रेलमार्ग विस्तार गरी रेलस्टेसन निर्माण गरेर परीक्षण पनि गरिसकेको छ । तर, नेपालतर्फ जग्गा अधिग्रहणको समस्याले रेलमार्ग नै विस्तार हुन सकेको छैन । 

बथनाह–कटहरी रेलमार्ग पूर्ण रूपमा विस्तार भएर सञ्चालन नहुँदा अझै कोसी प्रदेशका उद्योगी–व्यापारी सीमावर्ती भारतीय सहर जोगबनीस्थित रेलवे स्टेसनबाटै मालसमान ढुवानी गरेर भन्सारसम्म ल्याएर जाँचपास गराउन बाध्य छन् । सोझै आइसिपीसम्म मालवाहक रेल सुचारु भएमा दोहोरो झन्झट खेप्नुनपर्ने र ढुवानी खर्च पनि घट्ने उद्योगी–व्यापारीको भनाइ छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल लाइन आइसिपीसम्म जोडिए पनि अझै कार्गो जोगबनी स्टेसनबाटै कारोबार गर्नुपरिरहेको गुनासो गरे । उनले चाँडै आइसिपीसम्म सोझै कार्गो ल्याउन वातावरण मिलाउन राजदूतसँग आग्रह गरे । 

ad
ad