Skip This
बर्दियामा राष्ट्रिय बाघ कार्यशाला गोष्ठी सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ चैत ११ शनिबार १६:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा राष्ट्रिय बाघ कार्यशाला गोष्ठी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १६:५४:oo

बर्दियामा दुईदिने राष्ट्रिय बाघ कार्यशाला गोष्ठी सुरु भएको छ। दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा बाघ संरक्षणमा देखिएका चुनौती र व्यवस्थापनका बारेमा छलफल हुनेछ।

बाघको संख्या बृद्धि भएसँगै स्थानीयस्तरमा उत्पन्न बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बर्दियामा राष्ट्रियस्तरको बाघ कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो। बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ संरक्षणमा जोड दिएपछि नेपालमा बाघको संख्या दोब्बर भयो। बाघको संख्यामा बृद्धि भएसँगै बाघ र मानवबीच अन्तरद्वन्द्व बढ्दै गएको छ। 

बाघ र मानिस सँगसँगै बाँच्न पाउनुपर्छ भन्ने उद्देश्यले सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा बाघ संरक्षणको महत्व, चुनौती र व्यवस्थापनको बारेमा छलफल हुनेछ। बाघ संरक्षणमा स्थानीय तह, प्रदेश सरकार तथा अन्य साझेदार संस्थाहरूसँग सहकार्य र समन्वय गरेर स्थानीयवासीलाई आर्थिक उपार्जनसंँ जोड्ने र बाघ संरक्षणको महत्वको बारेमा जानकारी गराउने विषयमा नीतिगत छलफल भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए।

बाघ संरक्षणका सन्दर्भमा केके कमीकमजोरी भए? अवसरहरू केके छन् र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालले बताए। उनले बाघ संरक्षण र व्यवस्थापनको जिम्मा संघ, प्रदेश र स्थानीय सरकार सबैको भएकाले बाघ संरक्षण र व्यवस्थापनको जिम्मा सबैले लिनुपर्ने प्रस्ट पारे। बाघ संरक्षण सँगसँगै बाघबाट पीडित हुने स्थानीयवासीको जीविकोपार्जनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।