Skip This
कर्णाली प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. पोख्रेल नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा. पोख्रेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको बरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोख्रेल नियुक्त भएका छन् । कर्णाली प्रदेशको आर्थिक नीति निर्माण र कार्यान्वयनमा योगदान गर्ने गरी पोख्रेललाई सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

अर्घाखाँची स्थायी घर भएका पोख्रेल यसअघि जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री रहँदा अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारसमेत थिए । पोख्रेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

उनले सार्कस्तरीय लघु बित्त संस्थाले प्रदान गर्ने तालिम लिनुका साथै बैंक अफ लण्डन, दी नेदरल्याण्ड बैंक, फ्रान्सको बर्गडी स्कूल अफ बिजनेस लगायतका तालिम लिनुका साथै अमेरिका, बंगलादेश, क्यानडा, जर्मनीलगायतका देशमा बैंकिङ तालिम आदान–प्रदानको अनुभव लिएका छन् ।