१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २२:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती युवा क्लबविरुद्ध वीरगन्ज युनाइटेडको सहज जित

जितपुर-सिमरा गोल्डकप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:१८:oo

बागमती युवा क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै वीरगन्ज युनाइटेड क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

वीरगन्जको जितमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे। पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगन्ज हावी भयो। बागमतीविरुद्ध खेलको ५४औँ मिनटमा विवेक चौधरीले अग्रता लिए । 

बागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगन्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए। 

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगन्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६औँ मिनटमा विवेक चौधरीको क्रसबललाई कृपाले गोलमा परिणत गरे । खेल अवधिभरनै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो। 

खेलको ८४औँ मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगन्जलाई ३–० को फराकिलो अग्रता दिलाए । कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए। 

बी डिभिजन क्लब वीरगन्जसामु निरिह देखिएको बागमतीले खेलमा सम्झनलायक अवसर बनाउन सकेन । यद्यपि, बागमतीका गोलरक्षक प्रम्जय गच्छदारले भने वीरगन्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए।

खेलको आठौँ मिनेटमा कृपा चौधरीको उत्कृष्ट प्रहार बागमतीका गोलरक्षकले विफल पारेका थिए। २६औँ मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा बागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरे। 

खेलको ३४औँ मिनेटमा कृपा चौधरीको प्रहार बागमतीका अफ्रिकी डिफेन्डर मौसाले गोललाइनबाट क्लिएर गरेका थिए । किपरसमेत विट भइसकेको अवस्थामा वीरगन्जका कृपाको प्रहार विफल भयो । 

त्यसलगत्तै खेलको ३८औँ मिनेटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्सभित्रबाट गरेको सशक्त प्रहार बागमतीका गोलरक्षकले विफल पारेका थिए।

वीरगन्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा शनिबार केविए ग्लोबल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच प्रतिष्पर्धा हुनेछ। भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।