मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २२ सोमबार
  • Monday, 05 June, 2023
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १६:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १६:१२:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध सशक्त कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गम्भीर ध्यानाकर्षण गराएका छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डलाई आफूले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको नेपालले बताए। 

‘अहिलेको सरकारप्रति जनताको ठूलो अपेक्षा छ, प्रधानमन्त्री र मन्त्रीहरू घुसबाट जोगिनुपर्छ, मैले भेटमा उहाँलाई घुस नखानुस् र कसैलाई खान नदिनुस् भनेको छु,’ पार्टीसम्बद्ध भूतपूर्व सैनिक प्रहरी संगठनको कार्यक्रममा भेटवार्ताबारे जानकारी दिँदै नेपालले भने, ‘तपाईंका छोराछोरी सबै हुर्किसके, प्रधानमन्त्री बन्ने सौभाग्य थोरै मान्छेले मात्र प्राप्त गर्छन्, यो अवसर देशका लागि योगदान गरेर पूरा गर्नुस्, भ्रष्टाचारविरुद्ध सशक्त कदम चालेर सुशासनको अनुभूति दिलाउनुस्।’

उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्यक्ष नेपालको ध्यानाकर्षण र सुझावलाई प्रधानमन्त्री प्रचण्डले गम्भीर रूपमा लिएको आफूले जानकारी पाएको बताए। 

‘उहाँको ध्यानाकर्षण र सुझावलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुभएको छ,’ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘उहाँले हुन्छ, सरकार त्यसैगरी अघि बढ्छ भन्दै  सहमति जनाउनुभएको अध्यक्ष कमरेडले सार्वजनिक कार्यक्रममा जानकारी गराउनुभएको छ।’