मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विभिन्न व्यक्तिलाई नेपाल–इटाली उद्योग वाणिज्य संघको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार ११:२७:००

नेपाल–इटाली उद्योग वाणिज्य संघले नेपाल र इटालीबीचको व्यापारमा विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । संघले नवौँ वार्षिक साधारणसभाको अवसर पारेर चेम्बरमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरेको हो । 

नेपाल–इटाली चेम्बर अफ कमर्सका विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको संघले जनाएको छ । त्यस्तै, नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रूपमा विनोद सगतानी र इटालीतर्फ नेपाली वस्तु निर्यातका लागि उत्कृष्ट निर्यातकर्ताका रूपमा राजु श्रेष्ठ सम्मानित भएको जनाइएको छ ।

नेपाल–इटाली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल भई पर्यटन क्षेत्रमा पु¥याएको योगदानका लागि पिस इन्टरनेसनल टुर एन्ड ट्राभल्सका प्रबन्ध निर्देशक सर्वोत्तमलाल श्रेष्ठ र उत्कृष्ट लगानीकर्ताका रूपमा फायर एन्ड आइस पिज्जेरियालाई सम्मान गरिएको संघले उल्लेख गरेको छ ।

 नेपाल र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यमा साधारणसभाले थप ऊर्जा थपेको संघले जनाएको छ । साधारणसभामा संघका कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले दुई देशबीचको मित्रता चिरस्थायी प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरेका थिए ।