१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १० शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १o:४७:oo

भलिबल खेल्दा पर्याप्त व्यायाम हुने भएकाले शरीर फिट रहन्छ । त्यसैले यस खेललाई कार्डियो एरोबिक व्यायामकै एउटा स्वरूप मानिन्छ । उफ्रिने, दौडिने र सट हान्ने कार्यले शरीरको पूर्ण अभ्यास गराउँछ । जसकारण, शरीरको फ्याट कम हुन्छ र वजन घट्दै जान्छ । मधुमेह, मोटोपनलगायत समस्याबाट टाढा राख्न यस खेलले सहयोग पुर्‍याउँछ । नियमित रूपमा २० मिनेटभन्दा लामो समय भलिबल खेल्ने हो भने वजन बिस्तारै घट्दै जान्छ । 

नियमित भलिबल खेल्ने मानिसको मांसपेशी बलियो हुन्छ । खेल खेल्दा वा अभ्यास गर्दा पर्याप्त व्यायाम हुने भएकाले स्वस्थ रहन सहयोग पुग्छ । दैनिक भलिबल खेल्नेलाई अन्य व्यायामको आवश्यकता पर्दैन । भलिबल खेलेरै स्वस्थ र फिट रहन सकिन्छ । नियमित भलिबल खेल्दा हड्डी मजबुत हुन्छ । कडा सट प्रहार गर्दा खेलाडीमा बेग्लै ऊर्जा आउँछ । बढ्दो उमेरका किशोरकिशोरीको मानसिक तथा शारीरिक विकासमा यसले सहयोग गर्छ । 

तपाईंलाई राम्रो निद्रा लाग्छ । किनकि, यसले एन्जाइम गतिविधि र मांसपेशीहरूको कार्यलाई बढाउन सहयोग गर्छ । बिहानको समय भलिबल खेल्दा तपाईंले आफूलाई निकै शक्तिशाली महसुस गर्नुहुन्छ ।