Skip This
आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाटै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
शान्ति तामाङ काठमाडाैं
Invalid date format १o:o८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाटै

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o८:oo

आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, डट्स सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरूको परामर्शलगायत पर्छन्  

काडमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा महानगरबाटै उपलब्ध गराउने तयारी गरेको छ । महानगरका ३२ वटै वडामा रहेका सहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गरेर सेवा उपलब्ध गर्न लागेको हो । 

महानगरका अनुसार वडा ७ र ३० को स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर प्रवर्द्धन केन्द्र बनाइसकिएको छ । ती दुई वडाले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न थालिसकेको महानगरअन्तर्गत स्वास्थ्य संयोजक तथा वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले बताए । उनका अनुसार अर्को साताबाट थप ६ वटा वडामा उक्त सेवा विस्तार हुनेछ । ‘घर–आँगनमै सिंहदरबार भन्ने अभियानलाई प्रत्याभूत गराउन र जनताको मौलिक हकको प्रत्याभूत गर्न क्लिनिकलाई केन्द्रमा रूपान्तरण गरेका हौँ,’ संयोजक महर्जनले भने । स्वास्थ्य क्लिनिकमार्फत सरकारले प्रदान गर्ने निःशुल्क औषधि र परिवार नियोजनको साधन वितरण भइरहेको छ । 

ठूला अस्पतालमा भिड कम हुने
स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनपछि ठूला अस्पतालमा सेवाग्राहीको भिडभाड हुने काठमाडौं महानगरको अपेक्षा छ । केन्द्रमा फिजियोथेरापिस्ट, रेडियोलोजिस्ट, मेडिकल अफिसरसहित कम्तीमा सातजनाको टोली रहनेछ । उनीहरूले प्रारम्भिक उपचार, रोगको निदान र अवश्यकताअनुसार रिफर गर्नेछन् । महानगरको क्लिनिक हाल अहेब वा स्टाफ नर्सले चलाइरहेका छन् ।

‘केन्द्रमा स्तरोन्नति भएपछि प्रारम्भिक उपचार, रोगको पहिचान गरी सही ठाउँमा रिफर गर्न सक्छौँ । यसबाट ठूला अस्पतालमा देखिने भिडभाड र लामो लाइन कम हुनेछ,’ संयोजक महर्जनले भने । आगामी वर्षभित्र सबै क्लिनिकलाई केन्द्रका रूपमा रूपान्तरण गर्ने महानगरले जनाएको छ । यसका लागि महानगरले संरचना निर्माण एवं विस्तार गरिरहेको छ । ‘हाल भएको क्लिनिकको संरचनाले आधारभूत सेवा पनि दिन नसक्ने भएकाले संरचना निर्माणमा जोड दिइरहेका छौँ । अर्को वर्षभित्रै पूर्णता पाउनेछ,’ उनले भने । केन्द्रबाट विशेष गरी महानगरभित्र बसोवास गर्ने निम्न आर्थिक अवस्थाका नागरिक लाभान्वित हुनेछन् । 

ऐनले स्थानीय तहलाई दिएको अधिकार
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले स्थानीय तहलाई आधारभूत स्वास्थ्यको जिम्मा दिएको छ । ऐनको दफा ११ (झ) अनुुसार १२ वटा अधिकार स्थानीय तहलाई दिएको हो । सहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विस्तार गरिने, आधारभूत स्वास्थ्य र सरसफाइ तथा पोषणसम्बन्धी नीति, कानुन, मापदण्ड योजनाको तर्जुमा कार्यान्वयन तथा नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।