Skip This
सिके राउतको अभिव्यक्ति गैरराजनीतिक र खेदजनक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिके राउतको अभिव्यक्ति गैरराजनीतिक र खेदजनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

नेकपा (माओवादी केन्द्र)का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले दिएको अभिव्यक्ति गैरराजनीतिक र  खेदजनक रहेको बताएका छन् । संघीय सरकारका पूर्वमन्त्रीसमेत यादवले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो लेखेका  हुन् । 

उनले लेखेका छन्, ‘हिजो माननीय श्री सिके राउतले जसपा अध्यक्ष श्री उपेन्द्र यादवलाई लक्षित गरेर बारामा व्यक्त गर्नुभएको टिप्पणी गैरराजनीतिक र  खेदजनक छ। उहाँको दिशाविहीन र दरिद्र मानसिकताले संस्कारहीन राजनीतिलाई मलजल गर्ने र अफवाहपूर्ण  प्रचार युद्धबाट जे पनि गर्न सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न खोज्दै छ। उहाँ मधेसमा देशभित्र र बाहिरका शक्तिको आडमा जुन जातीय हिंसा मच्चाउन खोज्दै हुनुहुन्छ, त्यसको फल ढिलोचाँडो उहाँले पनि चाख्नुपर्ने हुन्छ ।’