१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिन्छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी संगठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताएका छन्। 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए। 

उनले सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए। उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारूढ दललाई आग्रह गरे। 

उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक संकट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।