१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शुक्रबार नयाँ आइजिपी, प्रतिस्पर्धामा पाँच एआइजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:४२:oo

शुक्रबारदेखि नेपाल प्रहरीमा नेतृत्व परिवर्तन हुँदै छ । सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा छन् ।

आइजिपी धिरजप्रताप सिंहबाट बुधबार दर्ज्यानी चिह्न लगाएलगत्तै भेट्न आएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । प्रधानमन्त्रीले उनीहरू पाँचमध्येबाटै नयाँ आइजिपी नियुक्ति हुने बताएका छन् ।

सोमबार एआइजी भएका पाँचैजना गत असारमा मात्र डिआइजी भएका थिए । एक वर्ष नपुग्दै एआइजी भएर उनीहरूमध्ये एकजना आइजिपी हुँदै छन् । एसएसपीबाट एक वर्षकै बीचमा यसरी आइजिपीमा पुग्दा अनुभवको कमीले नेतृत्व–क्षमता कमजोर हुने गरेको प्रहरी अधिकारी बताउँछन् । 

ad
ad