मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ८ बुधबार ०६:३२:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार ०६:३२:००

सरकारमा नयाँ समीकरण बनेको छ । भागबन्डा मिलाउन गठबन्धनलाई कति सहज होला ? 
सरकारलाई विश्वासको मत दिने दल पनि धेरै छन् र दलभित्रै पनि मन्त्रीका आकांक्षी धेरै छन् । सबै दललाई मिलाउने क्रममा कतिलाई त भागबण्डामै चित्त बुझाउन गाह्रो हुन्छ । सबैलाई व्यवस्थापन गरेर लैजाने जिम्मा प्रधानमन्त्रीकै हुन्छ । सीमित पदमा देखिइरहेको असीमित आकांक्षालाई कसरी व्यवस्थापन गरिन्छ भन्ने हेर्न बाँकी नै छ । तर, समग्रमा सहज भने छैन ।

 अबका दिनमा प्रचण्ड सरकारसामु  कस्ता चुनौती देख्नुहुन्छ ?
निर्वाचनपछि बनेको सरकारको समय विश्वासको मत र गठबन्धन मिलाउँदैमा घर्किरहेको अवस्था छ । अब झन् पहिलेभन्दा धेरै दल भएपछि सबैको चित्त बुझाइराख्न सजिलो छैन । एजेन्डामा साझा सहमति गरेर सरकार चलाउन सकिने अवस्था पनि दलहरूमा छैन । एजेन्डाविहीन भएर सरकार चलाउन सहज हुँदैन । 

यो सरकार स्थिर रहने सम्भावना कत्तिको देख्नुहुन्छ ?
सरकार त स्थिर रूपमा रहने अवस्था नै छैन । सरकारमा जाने दललाई कतिवेला के चित्त बुझ्दैन र उसले सरकार छाडिदिन्छ, भन्न सकिने अवस्था नै छैन । यस्तो अवस्थामा सरकारको बहुमत जतिवेला गुम्न सक्छ । संविधानको स्थिरताका लागि राष्ट्रपति र उपराष्ट्रपति पाँच वर्ष रहने अवस्था भने आएको छ । यसले संवैधानिक स्थायित्वको सुनिश्चितताचाहिँ गरेको छ । तर, सरकारको स्थायित्वको ग्यारेन्टी भने हुन सक्ने अवस्था देखिन्न ।