१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्ती बबई क्याम्पसकाे निर्वाचन स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

दाङकाे तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएकाे छ। 

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेको थियो। मतदान चलिरहेकै वेला दिउँसो एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। दिउँसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भयो।

निर्देशिकाअनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ। सोहीअनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ। दिउँसोसम्म पाँच सय ३३ मत खसेको थियो। अब त्यो सबै मत बदर गरिनेछ। क्याम्पसमा दुई हजार चार सय ३८ मतदाता थिए।