मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ७ मंगलबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारमा सहभागी हुन एकीकृत समाजवादीको कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ७ मंगलबार १५:३४:००

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन कार्यदल गठन गरेको छ। कार्यदलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी महासचिव घनश्याम भुसाल सहभागी छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी सत्तापक्षमा बसिसकेको र सरकारमा जानेबारे छलफल भएको बताए। उनले बैठकमा सरकारमा जाँदा कस्ता नीति कार्यक्रम लिएर जाने भन्नेबारे पनि छलफल भएको बताए।