१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
जमुना भट्टराई, क्याम्पस प्रमुख
तिवारी यादव वीरगन्ज
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुले जितेपछि नेविसंघको तालाबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले प्यानलसहित जितेपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको छ।

आइतबार शान्तिपूर्ण निर्वाचनको नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु विजयी भएको घोषणापछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी हो।

मतपरिणाम घोषणा भएकाे केहीबेरमा आचारसंहिता उल्लंघनको आरोप लगाउँदै नेपाल विधार्थी संघका नेता कार्यकर्ताले तालाबन्दी गरेको क्याम्पस प्रमुख जमुना भट्टराईले बताइन्।

उनका अनुसार स्ववियु निर्वाचनमा अनेरास्ववियुले जितेको भएपनि उनीहरूलाई प्रमाणपत्र वितरण हुन सकेको छैन। 

क्याम्पस प्रमुखको कार्यकक्षमा किन लाग्याे ताला ?
 
तत्कालीन क्याम्पस प्रमुख सूर्य कोइरालाको चार वर्ष कार्यकाल सकिएर सरुवा भएपछि क्याम्पसकै उपप्राध्यापक भट्टराईलाई तीन महिनाका लागि क्याम्पस प्रमुखको जिम्मेवारी तोकिएको थियो। गत मंसिर २५ मा तिन महिनाका लागि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको पत्र उनले पाइन्।

तर, स्ववियु निर्वाचन प्रभावित बनाउन कांग्रेसनिकट कर्मचारी युनियनले गत फागुन २ मा क्याम्पस प्रमुखबाट भट्टराईलाई हटाउन केन्द्रमा पत्रचार गर्दै क्याम्पसकै उपप्राध्यापक रोविना श्रेष्ठलाई क्याम्पस प्रमुख बनाउन माग गरेको उनी बताउँछिन्। 

त्यो माग सुनुवाइ नभएको र स्ववियु निर्वाचनमा नेविसंघ पराजित भएपछि राजीनामाकाे दबाबसहित तालाबन्दीमा उत्रिएकाे उनकाे अरोप छ। 

यही अवधिमा फागुन २५ बाट क्याम्पस चार वर्षका लागि क्याम्पस प्रमुख तोकिएको पत्र प्रमुख भट्टराईलाई  आएको छ। राम्रो काम गर्दा नेताहरू विवाद गरेर राजीनामा दिन दबाब दिएको भट्टराई बताउँछिन्। 

कांग्रेसका महिला नेतृ, नेपाल विधार्थी संघ पर्साका  नेता र ठाकुर राम बहुमुखी क्याम्पसका नेतासहित  पाँच–सातजनाले राजीनामा दिनलाई दबाब दिँदै आएको उनले बताइन्।

यता निर्वाचन अधिकृत रोविना श्रेष्ठले भने क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी नभएको बताउँदै प्रशासनिक कार्यकक्षमा तालाबन्दी भएकाले प्रमाणपत्र वितरण गर्न नसकिएको बताइन्।