मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ६ सोमबार ०७:५७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार ०७:५७:००

राष्ट्रिय आविष्कार केन्द्रले बायोग्यास प्लान्ट मर्मत गरिसके पनि त्यसको सञ्चालनमा किन ढिलाइ भइरहेको छ ? 
केन्द्रले मर्मत गर्नासाथ तत्काल बायोग्यास प्लान्ट सञ्चालन गर्न सकिने अवस्था हुँदैन । प्लान्टको बेलुनका लागि चाहिने सामान अझै खरिद भएको छैन । हामीले भारतबाट खरिद गर्ने तयारी गरेका छौँ । बेलुन खरिद गरेर प्लान्टलाई पूर्ण रूपमा तयार गरिसकेपछि मात्र त्यसबाट ग्यास उत्पादन सुरु हुन्छ । 

यो प्लान्टबाट उत्पादित ग्यास  कसरी वितरण गरिन्छ ? 
यो हामीले पाइलट प्रोजेक्टअन्तर्गत भित्र्याएको मेसिन हो । यदि यो मेसिन उपयोगी देखियो भने हामी यस्ता धेरै मेसिन खरिद गर्ने योजनामा छौँ । तत्कालका लागि यो मेसिनबाट उत्पादन भएको ग्यास महानगरअन्तर्गतकै विभिन्न कार्यालयहरूमा प्रयोग हुन्छ । बाहिर व्यावसायिक रूपमा बिक्री–वितरण हुँदैन ।

 मेसिन सञ्चालनका लागि फलफूल तथा तरकारीजन्य फोहोर चाहिन्छ, त्यस्तो फोहोर कसरी संकलन हुन्छ ? 
यो मेसिन सञ्चालनका लागि हामीलाई अर्गानिक किसिमको फोहोर चाहिन्छ । मेसिनले ग्यास उत्पादन गर्न थालेपछि हामीले कुहिने र नकुहिने गरी फोहोर वर्गीकरण गरेर यस्तो फोहोर अलग्गै संकलन गर्छौँ । त्यस्तै, कुहिएका फलफूल तथा तरकारी संकलन गरेर पनि हामी प्लान्ट सञ्चालन गर्छौं । कुहिने र नकुहिने गरी फोहोर वर्गीकरण सुरु भएपछि यसबाट महानगरभित्रको फोहोर व्यवस्थापनमा पनि सघाउ पुग्ने हामीले विश्वास लिएका छौँ ।