१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Friday, 09 May, 2025
२o७९ चैत ५ आइतबार २o:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिपुरा क्याम्पस दोलखामा २५ मत ल्याएर नेविसंघका थापा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार २o:४९:oo

त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा नेविसंघका सरोज थापा निर्वाचित भएका छन्।

अनेरास्ववियुका सत्कार खत्रीलाई दोब्बर मतान्तरले पराजित गर्दै नेविसंघका थापा त्रिपुरा क्याम्पस नाम्दुको सभापतिमा निर्वाचित भएका हुन्। 

थापाले २५ मत प्राप्त गरेका छन् भने खत्रीले १२ मत पाएका छन् । सचिवमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका कपिल राउत निर्वाचित भएका छन्। 

राउतले २८ मत पाएका छन् भने अनेस्ववियुकी उम्मेदवार शान्ति तमाङले ९ मत पाएकी छिन् । यस्तै, कोषध्यक्षमा नेकपा एकिकृत समाजवादीनिकट अनेरास्ववियुको तर्फबाट उम्मेवार बनेकी पवित्रा गिरी निर्वाचित भएकी छिन्। गिरीले २८ मत पाएकी छिन् भने अनेस्ववियुकी संगिता ढुंगेलले ८ मत पाएकी छिन्।

त्रिपुरा क्याम्पस नाम्दुको स्ववियु सदस्यहरूमा गठबन्धनको तर्फबाट रनिसा तमाङ, आशिशा घिमिरे, बिनु घिमिरे निर्वाचित भएका छन् । त्रिपुरा क्याम्पसमा पनि गठबन्धनको प्यानल नै विजयी भएको हो। 

समानुपातिकतर्फबाट गठबन्धनकी उम्मेदवार संगीता भण्डारी उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेकी उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। 

सहसचिवमा केशरी राउत तथा सदस्यहरूमा प्रमिला कार्की, मनीषा तमाङ र एमालेनिकट अनेरास्ववियुबाट बिन्दा तामाङ विजयी भएकी हुन् । त्रिपुरा क्याम्पस नाम्दुमा एमालेनिकट अनेरास्ववियुबाट समानुपातिकमा जम्मा एकजना सदस्य मात्रै निर्वाचित भएका हुन् ।