Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रवण थापा सर्लाही
२०७९ चैत ४ शनिबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोडैता उद्योग वाणिज्य संघका अध्यक्ष हजरा मृत फेला

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ चैत ४ शनिबार १८:३१:००

उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष जितेन्द्र हजरा मृत फेला परेका छन् । गोडैता नगरपालिका– ८ का हजराको शव शनिबार दिउँसो घरदेखि करिब तीन सय मिटर उत्तर–पूर्वतर्फ रहरी घारीमा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार उनी शुक्रबार साँझदेखि बेपत्ता थिए । करिब ४५–५० वर्षका गोडैता बजारमा एल्बेस्टरको व्यापार गर्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ । सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीेले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जानकारी दिए ।