१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १६:४९:००

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित भएका छन् । निर्वाचित यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।

यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा  शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् । यादवले कुल ३० हजार तीन सय २८ मतभार पाउँदा शाक्यको मतभार १६ हजार तीन सय २८ छ ।संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको थियो । निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ ।

रामसहायलाई समर्थन गरेकी जसपाकै प्रमिलाकुमारी यादवलाई समेत प्रदेशतर्फ एक मत प्राप्त भएको छ । जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ मत पाएकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता रहेकामा संघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको थियो । प्रदेशतर्फ चार मत बदर भएको छ ।