१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गगनलाई ओलीको जवाफ– प्रतिपक्षमा भेट्न ८४ साल कुर्नुपर्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:३५:oo

एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग जुनसुकै समयमा प्रतिपक्षमा भेट हुन सक्ने दोहोर्‍याएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपछि कांग्रेस महामन्त्री गगन थापालाई जवाफ फर्काउँदै ओलीले प्रतिपक्षमा भेट्न ८४ साल पर्खन नपर्ने बताएका हुन् ।

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा ओलीले ‘कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम नखाएको’ बताएका थिए । त्यसको जवाफमा महामन्त्री थापाले ८४ सालसम्म एमालेसँग सत्ता सहकार्य नहुने बताएका थिए ।

प्रतिउत्तरमा थापाको नाम नलिई अध्यक्ष ओलीले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खनुपर्छ ? अहिले भेट्नुभएको छैन ?’

गठबन्धनभित्र केही गडबडी देखिएकाले यस्ता अभिव्यक्ति दिनुपरेको ओलीको दाबी छ । ‘त्यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । किन त्यस्तो कुरा बोल्नुपर्‍याे त भन्दा त्यहाँभित्र केही गडबडी होलान् । त्यसकारण त्यस्तो बोल्नुभएको हो कि !’

ad
ad