
नेपाली पर्यटनमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्न आयोजित सस्तो टिकेट्स बेस्ट एयरलाइन्स अवार्ड कतार एयरवेज र बुद्ध एयरलाइन्सले जितेका छन् । ग्लोबल एक्रिडिएसन काउन्सिलको आयोजनामा भएको समारोहमा अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज र राष्ट्रियतर्फ बुद्ध एयरले अवार्ड जितेका हुन् ।
त्यस्तै, हाइब्रिड तथा एलसिसी अवार्ड हिमालय एयरलाइन्स, अफलाइन अपरेसन अवार्ड एमिरेट्स एयरवेज, बेस्ट नेसनल एयरलाइन्स नेपाल एयरलाइन्स, बेस्ट सर्भिस प्रोभाइडर नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ, बेस्ट बिजनेस क्लास कतार एयरवेज रहेको जनाइएको छ ।
बेस्ट इकोनोमी क्लास फ्लाई दुबई, बेस्ट क्याबिन क्रु एयर रबिया, बेस्ट ट्रान्जित एयरपोर्ट लाउन्ज टर्किस एयरलाइन्स, बेस्ट एयरलाइन्स रिवार्डस् प्रोग्राम कतार एयरवेज, बेस्ट एयर फेर पोलिसी कतार एयरवेज, बेस्ट फ्रन्ट डेस्क सपोर्ट जजिरा एयरवेज, सिइओ अफ द इयर नेपाली एयरलाइन्समा बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत, बेस्ट एयरलाइन्स म्यानेजर अन्तर्राष्ट्रियतर्फ कतार एयरवेजकी सारिक बोगटी र बेस्ट जनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलले प्राप्त गरेको आयोजकले जनाएका छन् ।
जम्मा १६ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा सन् २०२२ मा काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिकतर्फका नौ वायुसेवाले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सर्वसाधारणले अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्यांकका आधारमा विजेता छनोट भएको जनाइएको छ ।