मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २ बिहीबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरस्वती क्याम्पसलाई उत्कृष्ट बनाउने स्ववियु उम्मेदवारको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १९:२२:oo

सरस्वती बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उम्मेदवारले संस्थालाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जारी गरेका छन्।

स्ववियु निर्वाचन समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा विद्यार्थी नेताहरूले शैक्षिक र भौतिक पक्षलाई प्राथमिकता दिएर क्याम्पसलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने थलोका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

क्याम्पसमा आठवटा संगठनले संघ, संगठन तथा समूह दर्ता गरेका थिए। स्ववियु सभापतिका लागि पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। चारजना सभापतिको प्रतिस्पर्धामा छन्। अनेरास्ववियुका युवराज पंगेनी र नेविसंघका मुस्कानराज गौतमले अन्य विद्यार्थी संगठनसँग मिलेर प्यानल बनाएका छन्।

त्यसैगरी, भीमबहादुर अधिकारी र सबिता बुढा पनि सभापतिको प्रतिस्पर्धा छन्। उनीहरूले छात्रा शौचालयमा स्यानटरी प्याड, कक्षा कोठामा मल्टिमिडिया, सफा क्यान्टिनलगायतका मुद्दा बनाएका छन्।

क्याम्पस प्रमुख डा. गोलमान गुरुङले विद्यार्थीका प्रतिबद्धताले क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सहयोग पुग्ने बताए। क्याम्पस राम्रो बनाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन सबै सरोकार पक्षको उत्तिकै महत्व हुने बताए।