Skip This
भारतीय सुरक्षाकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ चैत २ बिहीबार १६:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय सुरक्षाकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २ बिहीबार १६:२४:oo

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको छ।  

नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी गाउँपालिका– ७ निवासी सन्तोष साहलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हाे।  

भारततर्फको दशगजामै रहेको सडक प्रयोग गरेका साहलाई सोधपुछ गर्दै भारतीय सुरक्षाकर्मीले नागरिकता मागे। उनले साथमा नागरिकता नभएको बताएपछि केहीबेरको संवादपछि ती सुरक्षाकर्मीले एक छापड हानेका थिए। 

सुरक्षाकर्मीले साहलाई कुटेपिछ नाकामा नेपालीले  प्रदर्शन गरेका थिए। सामान तस्करी गर्न लागेको भन्दै साहलाई सामान्य सोधपुछ मात्र गरेको भन्दै एसएसबी पन्छिन खोजेको प्रत्यक्षदर्शीले बताए। 

यता दशगजामा विवाद बढ्दै गएपछि बिहीबार नेपालमै दुईतर्फका स्थानीय निकायका जनप्रतिनिधि बसेर छलफल गर्ने बताएपछि स्थिति सामान्य भएको छ। अहिले नाकामा आवतजावतसमेत सामान्य रहे पनि शुक्रबार हुने बैठकमा भारतीय एसएसबीले माफी माग्नुपर्ने स्थानीयको माग छ। 

यता नेपालतर्फका सुरक्षाकर्मीले समेत नाकामा सतर्कता अपनाएका छन्। भोलि बस्ने बैठकमा विवादको समाधान हुने र पुनः नाकामा यस्तो घटना नदोहोरिने गरी प्रतिबद्धता जनाउने पहल भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। 

नाकामा पटक–पटक भारतीय सुरक्षाकर्मीहरूबाट सीमापारि जाने नेपाली नागरिकमाथि कुटपिट, दुर्व्यवहार हुने गरेको छ। 

तस्बिर : रञ्जन भण्डारी/नयाँ पत्रिका