मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २ बिहीबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरमा स्काई लिफ्टिङ

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार १३:४५:००

ललितपुर महानगरले स्काई लिफ्टिङ ल्याएको छ । बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडकबत्ती सरसफाइ गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होर्डिङ बोर्ड निकाल्न यसको प्रयोग हुने महानगरले बताएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताए । उनले भने, ‘ट्रि ट्रिम गर्न, सडकबत्ती जडानदेखि सरसफाइसम्म यसको प्रयोग गर्छौँ।’ सजिलो र सुरक्षित ढंगबाट काम सम्पन्न गर्न स्काई लिफ्टिङ निकै उपयोगी हुने उनले दाबी गरे ।

महानगरले यसअघि बिरुवालाई ‘नुहाइदिन’ विशेष किसिमको पानी ट्यांकर खरिद गरेको थियो । उक्त ट्यांकरले पानी हाल्दा धुलाम्य बिरुवा सफा देखिन्छ । महानगरले यो ट्यांकरबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्यांकरबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउन यी साधन उपयोगी हुने बताए । ‘महानगरको काम छिटो र चुस्त हुन्छ,’ उनले भने । सवारीसाधनमा जडित यो स्काई लिफ्टिङ सवारीचालकको कन्ट्रोलमा रहन्छ ।