१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २o:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा-६ पूर्ण खोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१o:oo

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई बुधबार एक कार्यक्रमका बीच पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको छ।

नगरप्रमुख मीनाकुमारी लामाले वडालाई पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गर्दै प्रतिबद्धता-पत्रमा हस्ताक्षर गरेकी छिन्।

प्रतिबद्धता-पत्रमा १८ देखि २३ महिनाका बालबालिकाले २ वर्ष उमेरभित्र पूर्ण खोप पाएको तथा वडाका सबै गर्भवतीहरू स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको सुनिश्चित हुनुपर्ने उल्लेख गरिएको वडाध्यक्ष विष्णुबहादुर दाहालले जानकारी दिए। 

उनले संघीय सरकारको अभियानअन्तर्गत हेटौँडा–६ लाई पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा गरिएको बताए।

अभियानको उद्घाटन गर्दै नगरप्रमुख लामाले स्वास्थ्य सेवाको स्तर वृद्धिका लागि उपमहानगरपालिका लागि परेको बताइन्। उनले स्वास्थ्यमा सुधारसँगै नगरलाई बालमैत्री घोषणाका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता वडा घोषणा प्रक्रिया पूरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमार्फत वडाको सर्वेक्षण गरी तथ्यांकको प्रमाणीकरण निर्देशिकाबमोजिम पूरा गरेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए। 

उनले घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिकालाई पूर्ण खोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको जानकारी गराएको बताए।