Skip This
माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १६:१४:oo

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवन र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने उनको चेतावनी छ ।

जनताले लडेको युद्धलाई अपराधीकरण गर्न सम्भव नभएको बताउँदै महासचिव विप्लवले यस्ता गतिविधिमा संलग्नलाई छुट दिन नसकिने उल्लेख गरे ।

‘जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो । सुकुमबासी, महिला, मजदुर, श्रमिक जनता, एकदम पिँधमा रहेका पीडितले लडेको युद्ध अपवादमा यो एउटा युद्ध हो,’ उनले भने, ‘यसलाई अपराधीकरण गर्ने उद्देश्यले जो आएको छ, उसले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’

ad
ad
ad
ad