१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाेखरामा चितुवाको आक्रमणबाट दुईजना घाइते    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१o:oo

चितुवाको आक्रमणबाट पोखरामा दुईजना घाइते भएका  छन्। 

पोखरा– १८ भकुण्डेस्थित ध्रुव थापालगायत सातजनाले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार चितुवा पसेको र सोही चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने  दुईजना घाइते भएका हुन्।

घाइते हुनेहरूमा कास्की–रूपा गाउँपालिका– ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठलुरी र वर्ष ३२ का राजेश तिमिल्सिना छन्। घाइतेको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको  छ।

सामान्य घाइते रहेका उनीहरूको गाला र दाहिने आँखामा सामान्य कोतरिएको छ। फर्मका दुईवटा कालिजसमेत मरेका छन्।

स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले चितुवा नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेकाे र वन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामका प्रमुख वेद जोशीले जानकारी दिए।

ad
ad