१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वृद्धवृद्धालाई उपयोगी योगासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४७:oo

उमेर बढ्दै जाँदा हाम्रो शरीरमा धेरै परिवर्तन हुन्छन् । जसकारण हड्डी कमजोर हुन थाल्छ र हिँडडुल गर्न समस्या हुन्छ । घुँडा, काँध, ढाड, जोर्नी र मांसपेशीको दुखाइ हुन थाल्छ । नियमित योग गरेर यी समस्याबाट छुटकारा पाउन सकिन्छ । योगले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । 

ताडासन : ताडासन योगले तपाईंको शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्छ । साथै, स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसले तपाईंको तिघ्रा, खुट्टा, हातलाई बलियो बनाउन सहयोग गर्छ । बुढेसकाल लाग्न थालेपछि पाचन शक्ति पनि कमजोर हुँदै जान्छ । यो योगासनले पाचन क्रियालाई सन्तुलनमा राख्न मद्दत गर्छ । त्यस्तै, बुढेसकालमा अल्छी लाग्छ, त्यसैले अधिकांश वृद्धवृद्धामा तनाव तथा डिप्रेसनको समस्या हुने पाइन्छ । यस्ता समस्याबाट बच्न पनि यो प्रभावकारी छ । 

बद्ध कोणासन : बद्ध कोणासन गर्दा तिघ्रा र घुँडा बलियो हुन्छ । शरीरका पाचन प्रणाली क्षमताको विकास गर्छ । यो योगासन वृद्धावृद्धाका लागि तनाव र थकान कम गर्न निकै सहयोगी हुन्छ । बद्ध कोणासनले ढाड दुखाइमा राहत दिन ठूलो भूमिका खेल्छ । 

शवासन : यो योगले शरीरलाई आराम मिल्छ । यसले तपाईंलाई तनावमुक्त महसुस गराउँछ । शवासन योग गर्दा उच्च रक्तचाप नियन्त्रण हुन्छ । यो योग गर्दा कुनै पनि कठिनाइको सामना गर्नुपर्दैन । 

ad
ad