१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:१७:oo

सरकारले महँगी नियन्त्रण गर्नका लागि कस्तो भूमिका निभाउनुपर्छ ?
सरकारले महँगी नियन्त्रण गर्नका लागि तीनवटै तहका सरकारलाई परिचालित गरी अनुगमन र कारबाही, सचेतताजस्ता कार्यक्रम ल्याउनुपर्छ, साथै उपभोक्ता जागरण अभियान चलाउनुपर्छ । 

आमउपभोक्ताले पाउनुपर्ने अधिकार कस्तो हो ?
आमउपभोक्ताको अधिकारलाई संविधानले मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको छ । यसलाई संस्थागत गर्नु राज्यको दायित्व हो । तर, दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा त्यसको नियन्त्रण गर्न र आवश्यक समन्वय हुन सकेका छैनन् । उपभोक्ता आफू कहाँ ठगिएको हुँ भन्ने सुन्ने र सुनाउने काम अझै हुन सकेको छैन ।

सरकारी निकायले यसलाई कसरी हेरेको छ ?
 विभिन्न बहानामा उपभोक्ता ठगिने क्रम झनै मौलाएको छ । सरकारले दैनिक सचेतता, अनुगमन र कारबाही गर्ने भन्दा पनि कर्मकाण्ड पूरा गर्ने गरेको छ । विभिन्न बहानामा कडाभन्दा कडा कानुन ल्याएर, दैनिक अनुगमनलाई चुस्तदुरुस्त बनाएर जानुको विकल्प छैन ।

ad
ad