
रेमिट्यान्समा निर्भर आफ्ना सेवाग्राहीलाई थप सुविधा विस्तार गर्ने उद्देश्यले आइएमई पेले रिया मनी ट्रान्सफरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक प्रदान गर्ने योजना ल्याएको छ ।
विदेशबाट नेपालमा पैसा पठाउँदा रियाको अनलाइन प्लेटफर्ममार्फत पठाएमा ५० रुपैयाँसम्म क्यासब्याक दिने योजना ल्याएको हो । उक्त सेवाका लागि पैसा पठाउने व्यक्तिले रिया मनी ट्रान्सफरको अनलाइन पोर्टलमा गई आइएमई पेमा सीधै र तुरुन्तै पैसा पठाउन मिल्ने गरी व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
२० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जनाइएको छ ।