१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युक्रेन युद्धले सैनिकको महत्व बढ्यो : प्रधानसेनापति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

प्रधानसेनापति महारथी प्रभुराम शर्माले शीतयुद्धपश्चात् विश्व व्यवस्थामा आएको परिवर्तन र बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्र थप व्यापक भएको बताएका छन्। 

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित सि. सं. ८ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ गर्दै प्रधानसेनापतिले रुस–युक्रेन युद्धले विश्वमा नै सैनिक शक्तिको महत्व बढेको पनि बताए। 

उनले दिगो आर्थिक समुन्नतिका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताए। ‘यस्तो वातावरणको सुनिश्चितता राज्यशक्तिका सम्पूर्ण संयन्त्रहरूको सहकार्यबाट मात्र सम्भव हुन्छ,’ प्रधानसेनापतिले भने। 

प्रधानसेनापति शर्माले गैर परम्परागत सुरक्षा चुनौतीहरू बढ्ने क्रममा चुनौतीहरू सामना गर्ने उपयुक्त विकल्पहरूको खोजी हुनु स्वाभाविक रहेको बताए। ‘राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्व तथा आवश्यकता यथावत् नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषतः जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको छ,’ उनले भने। 

नेपालको राष्ट्रिय सुरक्षाका चुनौतीहरूको सम्भावित प्रभाव अनुमान गर्दै त्यसलाई सामना गर्न राष्ट्रिय सुरक्षा नीतिको मार्गदर्शनमा जोड दिए। उनले भने, ‘हाम्रो राष्ट्रिय हितहरूको अभिवृद्धि एवं राष्ट्रिय सुरक्षा सुदृढीकरणको दिशामा कोशेदुंगाको कार्य गरेको छ।’ 

राष्ट्रिय हित, सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका महत्वपूर्ण विषयहरूमा व्यापक अध्ययन, अनुसन्धान तथा अन्तर्क्रियाको लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनका लागि भौतिक संरचनाको निर्माण तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिए। 

रक्षासचिव किरणराज शर्माले सुरक्षा खतराहरूको प्रकृति विश्वव्यापी रूपमा परिवर्तन भइरहेको भन्दै यति वेला कुनै पनि राष्ट्र बहुआयामिक खतराबाट मुक्त नरहेको बताए। नेपालले यस्ता चुनौतीहरू सामना गर्न सबै मन्त्रालयहरूको समग्र प्रयासबाट राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्ने क्षमता बढाउनुपर्ने उनको भनाइ थियो। 

१५ चैतसम्म सञ्चालन हुने सुरक्षा तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, सञ्चारमाध्यमलगायत सरकारी र गैरसरकारी निकायका वरिष्ठ अधिकारीहरू ३० जना सहभागी छन्। 

वि.सं. ०७२ सालदेखि सञ्चालन भएको यस तालिमबाट हालसम्म १६६ जना प्रशिक्षित भइसकेको सेनाले जनाएको छ।