Skip This
हुतीमा स्ववियु निर्वाचन स्थगित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुतीमा स्ववियु निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

५ चैतमा तोकिएको अपी नाम्पा क्याम्पस हुती दार्चुलाको निर्वाचन स्थगित भएको छ। क्याम्पसको प्राविधिक काम नसकिएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि निर्वाचन स्थगित भएको हो।

अपी–नाम्पा क्याम्पस हुतीका निमित्त क्याम्पस प्रमुख धौली भट्टले आइतबार एक सूचना जारी गर्दै तयारी नपुगेको भन्दै निर्वाचन स्थगित भएको उल्लेख गरेकी छिन्। 

क्याम्पसले यसअघि एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीलाई विद्यार्थी भर्ना नभएको जानकारी गराएको थियो। तर, शनिबार क्याम्पसले दुई विद्यार्थी संगठनको जानकारीविनै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघको मात्रै उम्मेदवारी दर्ता गरेपछि विरोध भएको थियो।

अनेरास्ववियुको विरोधपछि क्याम्पसले प्राविधिक समस्या देखाउँदै स्ववियु निर्वाचन स्थगित गराएको हो।