मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Tuesday, 01 September, 2026
२o७९ फाल्गुण २९ सोमबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा सवारी दुर्घटना : दुईकाे अवस्था गम्भीर, थप उपचारका लागि भरतपुर लगियाे [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १५:o१:oo

गोरखा सदरमुकामस्थित बिसौनीमोडमा सवारी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

सोमबार दिउँसो १ बजे बिसौनीमोडमा दूध बोक्ने गाडी पल्टिँदा ६ पुरुष र दुई महिला गरी आठजना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रदेश नं. ३ को ०१–००३–६१७० नम्बर दूध बोक्ने गाडी पल्टिएको हो। दूध बोक्ने गाडी पैदयात्रीलाई समेत ठक्कर दिएर तल पल्टिएको डिएसपी लीलाराज लामिछानेले बताए। 

सवारी दुर्घटनाबाट घाइतेहरू कसैको पनि पहिचान खुल्न सकेको छैन। उनीहरूको गोरखा अस्पतालमा उपचार गरिएको छ। घाइते दुईजनालाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको सो मिनीट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर करिब ५० मिटर तल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ठोक्किन पुगेको थियो। 

साथै सो गाडीले बा.८६प १७८६ नम्बरको मोटरसाइकललाई समेत लतारेर लगेको छ। मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका छन्। गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।